राजनीति
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पनि बस्दैछ । प्रबक्ता कृष्णबहादुर महराका अनुसार आज पदाधिकारीको टुंगो लाग्नेछ । विहीबार बसेको बैठकले स्थायी समिति र पोलिट्ब्यूरोको अन्तिम टुंगो लगाइसकेको छ ।
पदाधिकारीमा मुख्यगरी महासचिवमा कुरा नमिलेको बताइएको छ । महासचिवमा स्थायी समिति सदस्य वर्षमान पुन र प्रभाकरले दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले एकले पार्टी र अर्कोले सरकारको माेर्चा समाल्न भनेपनि त्यसमा दुबैको दाबी रहेको बताइएको छ । महासचिव भएर फिल्ड समाल्न पुनको स्वास्थ्य साथ नदिन सक्ने भन्दै प्रचण्डले पनि प्रभाकरलाई नै महासचिव बनाउन चाहेको स्रोतको दाबी छ । यसअघि अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा महराको नामबारे टुंगो लागिसकेको छ । त्यसैगरी उपमहासचिव शक्ति बस्नेत, गिरीराजमणी पोखरेल, हरिबोल गजुरेल, गणेश साहलगायतका नेताहरुले दाबी गरेका छन् ।