logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सगठन बिभाग प्रमुख सहितका नेताद्धारा पार्टी छोडेको घोषणा


  • राजनीति
  • सोमबार, भाद्र २० २०७९

आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संगठन बिभाग प्रमुख सागर लिम्बु सहित पाँच जना केन्द्रिय नेताले पार्टी छोडेको घोषणा गरेकाछन । शनिबार एक बिज्ञप्ती जारी गर्दै उक्त कुरा सार्वजनिक गरेकाहुन ।                                                                                                             पार्टी छोडेका नेताहरूले महासचिव आहुतिलाइ केही आरोप सहित पार्टी परित्याग गरेको घोषणा गरेकाछन । उनिहरुले पार्टीको कार्यदिशामा मिलिटरी लाइन नभएको र कार्यदिशा नै सारसंग्रहवादी भएको,जनवादी केन्द्रियतालाइ ठिक ढंगले कार्यान्वयन नगरेको र साम्राज्यवाद बिरोधी कम्युनिस्ट पार्टीको महासचिव नै आइएनजिओको कार्यक्रममा प्रशिक्षकको रुपमा निरन्तर सहभागी भएको भन्दै पार्टी परित्याग गरेको घोषणा गर्न बाध्य भएको उल्लेख गरेकाछन । उनीहरुले पार्टीको द्धैध चरीत्र छर्लङ्ग भएको भन्दै पार्टीबाट सम्बन्ध बिच्छेदको पत्र सार्वजनिक गरेका छन । उक्तपार्टीको सचिवालय बैठक बसेको केही समयमा नै यो घोषणा भएको छ । गत चैत्रमा प्रथम भेलाले आहुतिलाइ महासचिवमा चयन गरेको थियो । राष्ट्रिय भेलाले नेता आहुतिको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो ।
छ महिना अगाडी मात्र भएको राष्ट्रिय भेलाले चुनाव बहिष्कार गर्ने, एमसीसीविरुद्ध संयुक्त मोर्चा निर्माणमा पहल गर्ने लगायतका ८ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको थियो । तर पछिल्लो समय नेत्र बिक्रम चन्द विप्लवको पार्टी नेकपा सहित मोर्चाबन्दी सहकार्य गरिरहेको पार्टी पनि निर्वाचनमा जाने मुडमा पुगेको उनिहरुको दाबी रहेको छ । पार्टी छोड्नेहरुमा सचिवालय सदस्य तथा सगठन बिभाग प्रमुख सागर लिम्बू , केन्द्रिय सदस्यहरु केशव दाहाल , सकल लिम्बू, बद्री चौकागाइ र निस्चल परियार रहेका छन । यद्यपि उक्त पार्टीको एक नेताका अनुसार सामाजिक संजाल फेसबुकमा नेतृत्व विरुद्ध लेखेका कारण स्पष्टीकरण मागिएकोमा जानकारी गराकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार