logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

वर्षमा ३०० मूल्य बढाएर दशैंमा ५० रुपैयाँ छुट


  • राजनीति
  • आइतबार, भाद्र १९ २०७९

असोज २०७८ मा नेपाली बजारमा दुग्ध विकास संस्था डीडीसीले बिक्री गर्ने नेपाली घिउको मूल्य प्रतिकिलो ९ सय रुपैयाँ थियो । तर ११ महिना १५ दिनको अवधिमा घिउको मूल्य प्रतिकिलो एक हजार एक सय रुपैयाँ पुग्यो ।

नेपाल खुद्रा व्यापार संघकाअनुसार अहिले बजारमा थोकमै नेपाली घिउको मूल्य प्रतिकिलो १२ सय रुपैयाँ छ । जबकी गत वर्ष नेपाली घिउको मूल्य प्रतिकिलो ९ सय रुपैयाँ मात्रै थियो । बजारमा पाइने नेपाली घिउको मूल्य एक वर्षमा ३ सय रुपैयाँ महँगो भएको छ भने दुग्ध विकास संस्थाले बेच्ने घिउको मूल्य २ सय रुपैयाँले बढेको छ ।

बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दशैं, तिहार र छट लक्षित केही अत्यावश्यक खाद्य वस्तुको सहुलित मूल्यको घोषणा गर्‍यो, जसमा घिउको मूल्यमा प्रतिकिलो ५० रुपैयाँ छुट दिइएको छ । चामल, दलहन र खाने तेलमा प्रतिकिलो र लिटरमा ७ रुपैयाँ, चिजमा प्रतिकिलो ४० रुपैयाँसम्म छुट घोषणा गरिएको छ ।

बजार अनुगमन, मूल्य विश्लेषण र महँगी नियन्त्रण समेत गर्नु पर्ने दायित्व पाएको मन्त्रालय यस बीचमा निष्क्रिय जस्तै बन्यो । चाडपर्वको मुखैमा सहुलियत मूल्य घोषणा त गर्‍यो, तर यसलाई आलोचकहरु कर्मकाण्डी मात्रै मान्छन् ।

एक वर्षमा कति महँगियो दुग्ध र तेलहन ?

एक वर्षमा सबै भन्दा धेरै उपभोक्ता मूल्य मारमा परेको दुग्ध तथा तेलहनजन्य वस्तुमा हो । दूधको मूल्य सरकारले नै बढाए पछि दूग्ध पदार्थको मूल्य बढ्यो भने खाने तेल पनि भारत निर्यातमा सहजता प्रदान गरेर नेपालमा अभाव सृजना गरेर मूल्य दोब्बर भयो ।

प्रदेश कृषि मन्त्रालय, कृषक सहकारी र दुग्ध विकास संस्था उचालेर तत्कालिन कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले २०७८ माघ २७ मा दूधको मूल्य वृद्धि गरेका थिए । जसका कारण दुग्धजन्य पदार्थको मूल्य बढ्न पुग्यो ।

नेपाल खुद्रा व्यापार संघमा प्राप्त विवरण अनुसार साढे ११ महिनामा तेलको मूल्य लिटरमै ११० रुपैयाँले बढेको छ । यस्तै नेपाली घिउको मूल्य किलोमा ३०० रुपैयाँले बढेको छ ।

दाल-चामलमा कति बढ्यो ?

नेपाल खुद्रा व्यापार संघकाअनुसार थोकमै चामलको मूल्य प्रतिकिलो गतवर्ष भन्दा १० देखि २० रुपैयाँले बढेको छ ।

यस्तै दलहरुको मूल्य पनि थोकमा कम्तिमा १० देखि १५ रुपैयाँले बढेको छ । गत वर्ष १६० रुपैयाँ किलोमा पाइने मुसुरोको दालको मूल्य यो वर्ष १७५ रुपैयाँ पुगेको छ । यस्तै मासको दालको मूल्य १७० रुपैयाँ प्रतिकिलोबाट बढेर १८५ रुपैयाँ पुगेको छ ।

पिठो, आँटा, मैदा र सुजीको मूल्य किलोमै ३५ रुपैयाँसम्मले बढेको छ । नेपाल खुद्रा व्यापार संघका महासचिव आमुल काजी तुलाधरका अनुसार खुद्रामा यी सको मूल्य अझै बढी हुनसक्ने छ । तर सरकारले यी वस्तुमा किलोमा ७ रुपैयाँ मात्रै छुट दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार