logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवको बन्दले उपत्यका प्रभावित ,यातायात , स्कुल कलेज चल्न सकेनन्


  • राजनीति
  • आइतबार, असोज ७ २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेता कार्यकर्तामाथि दमन, गिरफ्तारी, झुठा मुद्दा र यातना दिएको साथै नागरिकमाथि चरम अत्याचार र अन्याय थोपरेको भन्दै विरोध आजको उपत्यका बन्दको आयोजना गरेको हो । बन्दको कारण यातायात प्रभावित भएको छ भने स्कुल  कलेजहरु चल्न सकेका छैनन् । बन्दको प्रभाव ललितपुर, भक्तपुर र काठमाडौं तीन वटै जिल्लामा परेको देखिएको छ ।

काठमाडौ उपत्यकाबाट बाहिरका लागि छुट्ने कुनैपनि सार्वजनिक यातायातका सवारी छुटेका छैनन् । चलेका आंशिक सवारीमा हतियारसहित सुरक्षाकर्मी राखेर चलाइएको छ । उपत्यकाबाट भित्रिने सवारी पनि रोकिएका छन् । सा–साना बजारहरु खुलेपनि ठूला बजार र पसलहरु ठप्प छन् । अरनिको यातायातबाट संचालित सुनकोशी, कोशीपारि, चौतारा, जिरी, मन्थली, मेलम्ची छुट्ने गाडी रोकिएका छन् । विपी, कुलेखानी, पासाङ ल्हामु र पृथ्वी राजमार्ग हुँदै चल्ने सवारी बिहान छुट्न सकेनन् ।

राज्य गैरजिम्मेवार बनेको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन् । सूर्यविनायकबाट गाडी चढेर कोशीपारि जाने यात्रु रोकिएका छन् । सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, पालिटब्यूरो सदस्यहरु जीवन्त, गम्भीर शिलु, विकास, ओमप्रकाश पुन तथा केन्द्रीय सदस्यहरु आजाद, दिप्सन, देवनारायण शाह, असललाई सरकारले मुद्दा लगाएर महिनौंदेखि हिरासतमा राख्दै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार