राजनीति
नेकपा (बहुमत) ले आज १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ । आयोजित पत्रकार सम्मेलनमा पार्टीको तेर्सो पुर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्ने बताइएको छ । सम्मेलनमा मंसिरमा हुने भनिएको संसदीय निर्वाचन अवज्ञा लगाएत केही महत्त्वपूर्ण निर्णय गरेको छ । भदौ २६ देखि २९ गतेसम्म रूपन्देहीमा बसेको पार्टी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले गरेका चुनाव अवज्ञालगायत निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने सार्वजनिक गरेको छ ।
नेकपा (बहुमत) केन्द्रीय कार्यालयले दिएको जानकारीअनसार पार्टीले आज शनिबार दिउँसो १ बजे काठमाडौँ अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गर्ने तयारी गरेको हो । पार्टी संयोजक कञ्चनले पार्टी निर्णय सम्बन्धमा पत्रकारलाई जानकारी गराउने बताइएको छ ।
नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले शुक्रबार सञ्चारमाध्यमलाई पत्रकार सम्मेलनमा सहभागी भई समाचार सम्प्रेषण गर्न आह्वान गर्दै जारी गरेको निमन्त्रणापत्रमा भनिएको छ, ‘नेकपा (बहुमत) केन्द्रीय समितिको यही भदौ २६–२९ मा सम्पन्न तेस्रो पूर्ण बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका, आन्दोलनलगायत विषयमा गरेका महत्वपूर्ण निर्णयहरूबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी गराउन पाउँदा हर्षित छौँ ।’
स्मरणीय छ, नेकपा (बहुमत) को तेस्रो पूर्ण बैठकले आगामी मङ्सिर ४ गतेका लागि सरकारले घोषणा गरेको प्रदेश र सङ्घको निर्वाचन सशक्त अवज्ञा गर्ने निर्णय गरेको सार्वजनिक भएको छ ।