राजनीति
आज चारै सुरक्षा नियकायका प्रमुख जंगी अडामा भेट गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेबारे छलफल गर्न चारै सुरक्षा नियकायका प्रमुख जंगी अडा पुगेका हुन् ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान प्रहरी प्रमुख भूतराज थापा उपस्थित भएका छन् ।