logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेकपा (बहुमत) द्धारा सहिद तथा बन्दी परिवार भेटघाट


  • राजनीति
  • बुधबार, असोज १२ २०७९

नेकपा (बहुमत)ले सहिद तथा बन्दी परिवारलाइ भेटघाट गरेको छ । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’ प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ नेतृत्वको कार्यालय टिमले सहिद तथा बन्दीपरिवारसग भेटघाट गरेको हो । भेटघाटमा सहिद परिवारको भोगाइ अपेक्षा र प्रतिवद्धता बारे कुराकानी भएको हो ।

उक्त कार्यक्रममा नेकपा बहुमतका संयोजक कंचनले महान सहिदका सपना प्रती सदैव इमानदारीपूर्वक लागी रहने र सहिदका सपनाबाट कहिल्यै बिचलित नहुने प्रतिवद्धता व्यक्त गरेकाछन । भेटघाटमा प्रवक्ता सुदर्शनले सहिदका सपनामा कदापि धोका नहुने भन्दै सहिद र बन्दी परिवारका हरेक दुख सुखमा साथमै रहिरहने वचनवद्धता समेत गरेकाछन । भेटघाटमा सहिद परिवारले कुनैपनी मूल्य र बहानामा क्रान्तिलाई धोका नदिन आग्रह सहित सुझाव दिएका थिए । कार्यक्रममा सहिद प्रज्वल शाही र निरन्तरका परिवार र बन्दी जीवन बिताइरहनुभएका शिव धिमाल र रामकृष्ण खतिवडाको परिवार उपस्थित रहेको थियो ।
भेटघाट कार्यक्रममा नेकपा बहुमतका कार्यालय सदस्य दिपक चलाउने, गुणराज लोहनी र सचिवालय सदस्य पुर्ण बहादुर सिंह सहित केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार