राजनीति
????????????????????????????????????
नेकपा क्रान्तिकारी (माअाेवादी)का महासचिव माेहन वैद्य किरणले जनयुद्धकालकाे उत्कर्षकाे बेला तीन वर्ष जेलमा रहँदा तत्कालीन माअाेवादी अध्यक्ष प्रचण्डले धेरै नेता कार्यकर्तालार्इ भ्रममा पारेर चुनबाङबाट जनयुद्धकाे विसर्जनकाे कार्यदिशा लिएकाे बताएका छन् ।
प्रचण्डले याेजनाबद्ध रूपमा जनयुद्धलार्इ शान्तिप्रक्रियामार्फत समाप्त पारेकाे बताए । राताेपाटी अनलाइनसँगकाे कुराकानीमा वैद्यले यस्ताे बताएका हुन् ।
एउटा अप्ठेरो कुरा के रहेछ भने मान्छेका बारेमा विश्लेषण गर्न धेरै गारो रहेछ । सुरुका दिनमा भन्दा खेरि प्रचण्ड र हाम्रो विचार मिल्थ्यो । उहाँ यसरी कसरी परिवर्तन हुनुभयो भन्ने विषयमा कुरा गर्दा उहाँभित्र एउटा निम्नपुँजीवादी मनोवृत्ति होला भन्ने लाग्छ । यो मनोवृत्ति के हो भने जसले आफूलाई मनैदेखि परिवर्तन गर्न सक्छ । उहाँ कहिलेकहीँ के भन्नुहुन्थ्यो भने पछि आएर म लेफ्ट–राइट जता पनि जानसक्छु भन्ने गर्नुहन्थ्यो । उहाँलाई त्यतिका धेरै बुझ्न सकेका थिएनौँ अब लेफ्टको कुरा छोड्नुहोस् । उहाँ त अब गम्भीर दक्षिणपन्थी विचलनमा पर्नुभयो । यो हेर्दा विचित्र लाग्छ ।
उहाँको एउटा विशेषता के हो भने प्रचण्डलाई आफू गलत बाटोमा गएको कुरा पनि थाहा छ । उहाँको विशेषता के देखापर्दछ भने पुरानै लोकततन्त्रको संविधान बन्यो, त्यो बनिसकेपछि हाम्रो कुरा के हो भने त्यसका केही कुरा सङ्घीयता, समानुपातिकलगायत केही कुरा सही छन् । तर सारमा के हो भने यो संसदीय ब्यवस्थाले यो पुरानै प्रकारको लोकतान्त्रिक व्यवस्था हो । यसले पुरानै राज्यसत्ताको प्रतिनिधित्व गर्दछ भन्ने कुरा क्लियर छ । हामीले बारम्बार यो कुरा उठाउँदै आएका हौँ । उहाँ जुन तहमा खस्केर तल जानुभयो यसलाई युगान्तकारी छलाङ भन्नुहुन्छ । उहाँको विशेषता त्यो रह्यो । यो कुरा पहिलो उहाँलाई थाहा भएन । खास कुरा के हो भने कुनै समयमा खास व्यक्तिले राम्रो काम गरे पनि अर्को कुनै समय र परिवेशमा जाँदा परिवर्तन हुन सक्दोरहेछ भन्ने कुरा देखियो । यो सामन्तवादी मनोवृत्ति हो । यस्ता घटनाहरूबाट पाठ सिक्न जरुरी छ ।