राजनीति
नेकपा (बहुमत)ले राजबन्दीहरुसग भेटघाट गरेको छ । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कंचन’ प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ नेतृत्वको कार्यालय टिमले लामो समय देखि जेल जीवन बिताइरहेका आस्था बन्दीहरुसग भेटघाट गरेको हो । भेटघाटमा जेलमा रहेका नेता कार्यकर्ताको भोगाइ र स्वास्थ्य अवस्थाको जानकारी लिनुको साथै पार्टी आन्दोलन बारे सुझाव समेत लिएको छ ।
उक्त भेटघाटमा नख्खु कारागार, केन्द्रिय कारागार र भद्रगोल जेलमा रहेका आस्थाका बन्दीहरु सग भेटघाट गरेको हो । भेटघाटमा नेकपा बहुमतका संयोजक कंचनले सरकारले ३ बुद्दे सहमतिलाई इमानदारिताका साथ कार्यान्वयन गर्न आलटाल भन्दै आफुहरुले प्रवक्ता सुदर्शनको नेतृत्वमा रहेको वार्ता टोलीले निरन्तर पहल गरिरहेको जानकारी समेत गराएका थिए । संयोजक कंचनले नेकपा (बहुमत)ले बन्दी नेताकार्यकर्ताको त्याग र धैयताको उच्च सम्मान गर्दै बैज्ञानिक समाजवाद प्राप्त गर्ने यात्रामा अबिचलित रहिरहने प्रतिवद्धता व्यक्त गरेकाछन ।
आस्थाका बन्दीहरु सगको भेटघाटमा प्रवक्ता सुदर्शनले सहिदका सपनालाइ गहिरो गरि बोध गर्दै त्याग समर्पण र बलिदानको मार्गमा प्रतिवद्ध भएकोमा गौरव व्यक्त गरेका थिए । प्रवक्ता सुदर्शनले जेल जिवनमा रहनुभएका सबै नेताकार्यकर्ताको रिहाई पहल गरिरहेको जानकारी दिएका थिए । उनले तिन बुद्दे सहमति प्रती राज्यको उदासीनताले नेताकार्यकर्ताहरु नछुटेको प्रती आक्रोश समेत व्यक्त गरेका थिए । भेटघाटमा बन्दी नेताकार्यकर्ताहरुले क्रान्तिलाई क्षति नहुने सर्तमा मात्र आफुहरु रिहाई हुन तयार रहेको तर क्रान्तिलाई बिसाउने या धोका दिने कुरामा कदापी सहमत हुन नसक्ने धारणा राखेका थिए ।
भेटघाट कार्यक्रममा बन्दीहरूलाई फलफूल तथा दशै खर्च समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रममा नेकपा बहुमतका कार्यालय सदस्य गुणराज लोहनी र केन्द्रिय स्तरका नेताहरुको उपस्थिति रहेको थियो ।
नेकपा (बहुमत)द्धारा प्रधानमन्त्री देउवालाई बुझाइएको राजबन्दीको नामावली सहितको पत्र 