logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चन्द पुनः महासचिव, केन्द्रिय समिती नै थरीथरीका


  • राजनीति
  • बुधबार, कार्तिक २ २०७९

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा जारी नवौं महाधिवेशनले महासचिवमा नेत्र विक्रम चन्दलाइ चयन गरेको छ । विप्लवको नेतृत्वमा ८१ सदस्य पुर्ण केन्द्रीय समिति निर्वाचित गरेको छ । महाधिबेशनले कार्यकर्ताको चित्त बुझाउन तीन प्रकारका केन्द्रिय समिति बनाएको स्रोतको दाबी गरेको छ । केन्द्रिय समिति, बैकल्पिक केन्द्रिय समिति र केन्द्रिय प्रतिनिधि नामाकरण गरेर २६५ जनालाइ केन्द्रिय सदस्य स्तरमा चयन गरेको छ ।
८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ पछि थप्ने गरी ७८ जनालाई निर्वाचित गरेको छ भने ४५ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित गरेको छ ।

यस्तै ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरुमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन भने ३ जना पछि थपिने नेकपा स्रोतले बताएको छ । यस्तै महाधिवेशनले १३९ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ ।

प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छ । नेकपाले केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सहित केन्द्रीय नेतृत्वमा ३ तहको संरचना निमार्ण गरेको छ ।
पूर्ण केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र प्रतिनिधि समिति सहित २६५ जनाको समिति निर्वाचित गरिएको छ ।
महाधिवेशन पछि बस्ने केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागहरु चयन गर्ने बुझिएको छ ।
८ दिनसम्म चलेको महाधिवेशन आज बुधबार विहान ८ वजे औपचारिक रुपमा समापन हुने नेकपाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार