म, कमाउछु भनेर ढाँटे
म, जमाउछु भनेर ढाँटे
म, रमाउछु भनेर ढाँटे
म, आउछु भनेर ढाँटे
हात समाउछु भनेर ढाँटे
धेरैतिर घुमाउछु भनेर ढाँटे
खुशी थमाउछु भनेर ढाँटे
यस्तै यस्तै धेरै बहानामा ढाँटे
हुन त आमाले पनि ढाँटिन
भोकै, खाए भनेर ढाँटिन
नाङ्गै, लाए भनेर ढाँटिन
रुदै, रोइन भनेर ढाँटिन
रोगी, होइन भनेर ढाँटिन
काम, छोइन भनेर ढाँटिन
यति सम्म ढाँटिनकी,
पूरा ठिक्छु भनेर ढाँटिन
थुप्रै वर्ष टिक्छु भनेर ढाँटिन
आफ्ना हर कष्ट लुकाएर टाँढिन
आफै भित्र आफै सुकाएर ढाँटिन
हामीलाई छोडी कतै जान्न भनी
एकै वचन नबोली झुक्याएर ढाँटिन !!