logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी


  • राजनीति
  • बुधबार, कार्तिक ९ २०७९

अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको हो ।

प्रहरी परिसर, ललितपुरका प्रवक्ता सुधीरराज शाहीले दिएको जानकारी अनुसार प्रियंकाको घरबाट ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुनका गहना चोरी भएको छ । उक्त नगद र सुन लक्ष्मीपूजा गर्न निकालिएको जनाइएको छ ।

अभिनेत्री कार्कीको परिवार डिनरका लागि बाहिर गएको मौका छोपेर चोर शौचालयको झ्याल हुँदै घरभित्र छिरेको हुनसक्ने प्रवक्ता शाहीले जानकारी दिए । ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं र चोरीमा संलग्नको खोजी भइरहेको छ,’ उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार