राजनीति
विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर ‘प्रकाण्ड’ ५० दिन पछि मंगलबार सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन । १२ जना वरिष्ठ अधिवक्ताहरु सहित २२ जना अधिवक्ताको अन्तिम बहस पछि न्यायाधीश अनिल कुमार सिन्हा र टंक बहादुर मोक्तानको संयुक्त इजलास मार्फत उनि रिहा भएका हुन ।
उनको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता यसप्रकार रहेकाछन
शुशिल पन्त,सम्भु थापा,तुलसी भट्ट ,रबिनारायण खनाल,चण्डेश्वर श्रेष्ठ ,रमण कुमार श्रेष्ठ ,सुरेन्द्र भण्डारी ,विश्वप्रकाश भण्डारी ,चन्द्रकान्त ज्ञवाली, एकराज भण्डारी ,उपेन्द्र केशरी न्यौपाने,गोविन्द बन्दी को १२ जनाको टोली थियो ।
उनकै पक्ष बाट बहस गर्ने १० जना अधिवक्ताहरु यसप्रकार थिए
कपिलचन्द्र पोखरेल,गोविन्द बन्दी,पन्चकुमार कर्ण,शान्तिदेवी खनाल,शुनिलरन्जन सिंह ,गौरी न्यौपाने ,चिरञ्जीवी खनाल,कान्तिराम ढुंगाना ,खिमानन्द अधिकारी ,शिव कुमार यादव


