logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काे हुन् प्रचण्ड सहभागी हुने कार्यक्रममा बम बिस्पाेट गराउने ब्यक्ति ?


  • राजनीति
  • बुधबार, कार्तिक ३० २०७९

भोजपुरको तिवारी भञ्ज्याङमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा बम विस्फोट गराउने युवा पक्राउ परेका छन् ।
बम विस्फोट गराएको आरोपमा प्रहरीले अरुण गाउँपालिका घर भएका सुमल श्रेष्ठलाई पक्राउ गरेको हो । विस्फोटका कारण सुमनसहित एक महिला सामान्य घाइते भएका छन् । उनी विप्लव निकट नेकपाकाे कार्यकर्ता रहेकाे स्राेतकाे दावी छ ।

प्रहरीका अनुसार सुमलले झोलामा बोकेका बम विस्फोट भएको हो । प्रहरीले ति युवालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत जाँदैछन् । प्रचण्ड र महत भने कार्यक्रमस्थल पुगिसकेका छैनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार