logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विश्वकप हेर्न नेपाल टेलिकमले ल्यायाे विशेष प्याकेज


  • राजनीति
  • शनिबार, मंसिर ३ २०७९

नेपाल टेलिकमले एनटिटिभी ग्राहकका लागि विश्वकप फुटबल प्याकेज ल्याएको छ। मंसिर ४ गते देखि हुने विश्वकप हेर्न आफ्ना ग्राहकका लागि प्याकेज उपलब्ध गराउन लागेको टेलकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। 

अहिले विश्वकप हेर्न निर्धारिक करसहितको शुल्क ५६५ रुपैयाँ छ। एनटिभीका ग्राहकले कम्पनीको ग्राहक सेवा केन्द्रमा नगएर घरबाटै उक्त प्याकेज खरिद गर्न सक्ने टेलिकमले जनाएको छ। 

प्याकेज खरिद गर्न हिमालयन एचडी टेलिभिजन च्यानलमा गएर ‘बाई प्याकेज’मा क्लिक गर्नुपर्ने हुन्छ। त्यसमा आफ्नो मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ। 

नम्बर हालेपछि टेलिकमले पठाएको ओटिपीको प्रयोग गरी प्याकेज गरिद गर्न सकिनेछ। 

सेवा खरिद गर्दा ग्राहकको मोबाइल ब्यालेन्सबाट रकम काटिनेछ। 

उक्त प्याकेज खरिद गर्न प्रयोग भएको नम्बरमा कम्पनीको तर्फबाट २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटा समेत निशुल्क उपलब्ध गराइने प्रवक्ता अधिकारीले बताए। 

ग्राहकले  उक्त प्याकेज लिन ५६५ रुपैयाँ नजिकैको ग्राहक सेवा केन्द्रमा गएर पनि बुझाउन सकिने जनाएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार