राजनीति
कंचनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसक्दै यि बिचमा थुप्रै बालिका बलात्कारको शिकार मात्र बनेनन ज्यानै समेत गुमाएका छन । निर्मला पन्त बाहेक अन्य बालिकाहरुको बारेमा खास अध्ययन हुन सकेको देखिदैन । तर सरकारले सुनसरीका खुर्सिद अन्सारीलाई घटनाको तेस्रो दिनमै सहिद घोषणा गरेको छ। यति मात्रै होइन घटना भएको भोलिपल्ट एसएसपीको नेतृत्वमा छानविन समिति नै बनायो। तर, गरिब निमुखा कञ्चनपुरकी निर्मला हत्या घटनामा राज्य उदासिन बन्यो । सुरुमै छानविनमा ढिला सुस्ती मात्र होइन उदासीन जस्तै देखिन्छ ।
तर अनौठो कुरा भारतीय प्रहरीको ‘मोस्ट वाण्टेड’ सूचीमा रहेका खुर्सिदको बिहीबार दिउँसो सुनसरीको भुटाहामा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो। भुटाहामा विद्यालय सञ्चालन गर्दै आएका नेकपाका कार्यकर्ता समेत रहेका खुर्सिदले आफ्नो विद्यालयको शिक्षक बनाएर भारतीय आतंकवादीलाई आश्रय दिँदै संरक्षण गर्दै आएका थिए।
हालै सार्वजनिक भएका विवरणमा उनले थुप्रै भारतीय आतंकवादीलाई नेपाली नागरिकता समेत दिलाएका छन्। यसरी अपराधीको संरक्षण गरेपछि उनलाई भारतीय प्रहरीले नै योजनाबद्ध रुपमा सुट गरेको सुचना समेत सार्वजनिक भएका छन ।
यति खेर सरकारले निकै हतारोमा उनलाई सहिद घोषणा गरेर देशका लागि बलिदानी दिएका वास्तविक सहिदको अपमान गरेको छ। त्यतिमात्रै होइन खुर्सिदको परिवारलाई १० लाख पनि दिने निर्णय ओली सरकारले गरेको छ। तर, न्यायको भीख माग्दै निर्मलाका आमाबुवा काठमाडौंसम्म आउँदा पनि ओली सरकार अझै गम्भीर बनेको छैन्। अझै निर्मलाका हत्यारा पत्ता लागेका छैनन्।
यस्तो बेला ओली सरकारविरुद्ध आक्रोश सुरु भएको छ। खासगरी कञ्चनपुरका जनता सरकारको रवैयाप्रति आक्रोशित बनेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकदेखि नेता कार्यकर्ता र स्थानीयवासी सरकारले कञ्चनपुरलाई विभेद गरेको भन्दै असन्तुष्ट छन्। उनीहरुले न्यायका लागि फेरि आन्दोलन गर्नुपर्ने हो भनी प्रश्न गरिरहेका छन्।