logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यी हुन स्वतन्त्र पार्टीबाट निर्वाचित ७ नयाँ अनुहार


  • राजनीति
  • शुक्रबार, मंसिर ९ २०७९

मंसिर ४ गते सम्पन्न आम निर्वाचनकाे नतिजा आइरहदा संसदमा भने केही नयाँ अनुहारले प्रवेश पाउने भएका छन् । सञ्चार क्षेत्रबाट उदाएका रवि लामिछानेको पार्टीको प्रभाव देशभर परेको देखिन्छ। उनको पार्टीबाट ललितपुर ३ मा तोसिमा कार्की, काठमाडौं २ बाट सोबिता गौतम, कास्की २ मा माधवप्रसाद कँडेल, काठमाडौं ६ मा शिशिर खनाललगायतका आधा दर्जन धेरै उम्मेदवारहरू संसद् छिर्दैछन्। सामाजिक अभियन्ताका रूपमा परिचित ज्ञानेन्द्र शाही पनि राप्रपाबाट उम्मेदवार बन्दै जुम्लाबाट निर्वाचित भएका छन्। यता पुराना र ठूला भनिएका दलबाट भने नयाँ अनुहार कमै छन्। समाचार तयार पार्दा सम्मको मत परिणामअनुसार कांग्रेसबाट १०, एमालेबाट ८, राप्रपाबाट ३, माओवादी केन्द्रबाट २, स्वतन्त्र पार्टीबाट ७, र नेकपा एसबाट एक जना मात्रै छन्। 

नयाँ संविधान जारी भएपछिको दोस्रो संघीय निर्वाचनमा यसअघि संसद्मा नपुगेका र राजनीतिमा कमै नाम सुनिएका फरक अनुहारहरूका पनि केही ठाउँमा अग्रता देखिएको छ।

हेर्नुस् राष्ट्रिय स्वतन्त्र पार्टी बाट निर्वाचित उम्मेदवार

रवि लामिछाने :  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र एवं मन्त्री उमेश श्रेष्ठलाई भारी मतान्तरले हराए। उनी पनि यो पटक संसद्मा नयाँ अनुहारका साथ छिर्दैछन्। उनी चितवन २ बाट निर्वाचित भएका हुन्। 

हरि ढकाल :   ढकाल चितवन १ बाट निर्वाचित भएका हुन्। ढकालले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र अर्थशास्त्री एवं पूर्वराष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई हराए। ढकालले ३४ हजार १ सय ८९ मत ल्याउँदा एमालेका उपाध्यक्षसमेत रहेका पाण्डेले २६ हजार ६ सय ८ मत ल्याए। नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय ९ मत पाए।

तोसिमा कार्की :  कार्की ललितपुर ३ बाट विजयी भएकी हुन्। उनले एमाले र सत्तागठबन्धनका उम्मेदवारलाई भारी मतले पराजित गरिन्।  उनले ३१ हजार १ सय ३६ मत ल्याउँदा एमालेका अमृत ढकालले १२ हजार ९ सय ६३ मत ल्याए।  माओवादी केन्द्रकी प्रभावशाली नेतृ एवं जलस्रोत ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल पनि पछि परिन्।

सोबिता गौतम :  उनी काठमाडौं २ बाट पूर्वसभामुख अनसरी घर्तीलाई हराएर निर्वाचित भएकी छन्। उनले १५,२२९ मत ल्याउँदा एमालेका मनिराम फुयाँलले ११ हजार ५ सय ५५ मत ल्याए। 
शिशिर खनाल :  शिशिर काठमाडौं ६ बाट पूर्वप्रहरी महानिरीक्षक एवं एमाले नेता सर्वेन्द्र खनाल र पूर्वरक्षामन्त्री एवं कांग्रेस नेता भीमसेनदास प्रधानलाई पराजित गरेर संसद्मा छिरेका छन्। खनालले १४ हजार २ सय ४ ल्याउँदा सर्वेन्द्रले ८ हारा ९ सय ११ र प्रधानले ८ हजार ८ सय ५ मत ल्याए। 

गणेश  पराजुली : पराजुली काठमाडौं ७ बाट पराजुली निर्वाचित भएका छन्। उनले एमालेका श्यामकुमार घिमिरे र युवा नेतृ मानुषि यमी भट्टराई हराएका हुन्। 
विराजभक्त श्रेष्ठ :  श्रेष्ठ काठमाडौं ८ बाट निर्वाचित भए। उनले  नेकपा एसका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई हराएका छन्।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार