logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१२९ क्षेत्रकाे मतपरिणाम घाेषणा, कुन नेताले कहाँ कहाँ जित हात पारे ? हेर्नुस्


  • राजनीति
  • शुक्रबार, मंसिर ९ २०७९

आइतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

१६५ क्षेत्रमध्ये अहिलेसम्म १२९ क्षेत्रको मत परिणाम आइसकेको छ । प्रत्यक्ष तर्फ नेपाली कांग्रेसले अग्रता लिए पनि समानुपातिक तर्फ भने नेकपा एमाले बलियो देखिएको छ ।

प्रत्यक्षतर्फ कांग्रेसले ४३, एमालेले ३५,नेकपा माओवादी केन्द्रले १२,नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ५, स्वतन्त्र उम्मेदवारहरु ५, जसपा ३, लोसपा ३, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा १, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चाले एक क्षेत्रमा जित हासिल गरेका छन् ।

शुक्रबार साढे ४ बजेसम्मको मतपरिणाम अनुसार रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ५ लाख ९८ हजार ३९ मत सहित समानुपातिकको तेस्रो स्थानमा छ ।

एमाले १२ लाख ९१ हजार २४३ मत प्राप्त गरेर पहिलो स्थानमा छ भने नेपाली कांग्रेस १२ लाख २० हजार २०६ मत ल्याएर दोस्रो स्थानमा छ ।
त्यसैगरी, नेकपा माओवादी केन्द्र ५ लाख ५५ हजार ३४८ मत सहित पाँचौ स्थानमा छ । राष्ट्रिय प्रजातन्त पार्टीले ३ लाख ९ हजार ८४० मत प्राप्त गरेको छ ।

जनता समाजवादी पार्टी, नेपालले १ लाख ४९ हजार ५८१, नेपाल एकीकृत पार्टी (एकीकृत समाजवादी)ले ९९ हजार ६ सय ९४, जनमत पार्टीले ९२ हजार ७९, नागरिक उन्मुक्ति पार्टीले ८७ हजार ५५५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ६१ हजार १६३ मत पाएका छन् ।

त्यसैगरी, नेपाल मजदुर किसान पार्टीले ५८ हजार ४३८, हाम्रो नेपाली पार्टीले ३५ हजार ९२१, राष्ट्रिय जनमोर्चाले ३२ हजार २७, मंगोल नेशनल अर्गनाइजेशनले २५ हजार ३५८, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)ले १३ हजार ६५३, राष्ट्रिय जनमुक्ति पार्टीले १० हजार ८६१, नेपाल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ७ हजार ४९, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ५ हजार ८६९, नेपाली कांग्रेस वी.पी.ले ४ हजार ४३८ मत प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार