राजनीति
राजनीतिकशास्त्री तथा विश्लेषक प्राध्यापक लोकराज बरालले नेपाल मा तत्काल मध्यावधि निर्वाचन हुनसक्ने बताएका छन् । उनले नेपालकाे राजनीतिक स्थिरता दलकाेहरुकाे दिशा राजनीतिक सिद्धान्त बिहिनि राजनीतिका कारण मध्यावधि निर्वाचनलाई अस्विकार गर्न नसकिने दावी गरेका छन् ।
मंसिर ४ मा सम्पन्न आम निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठन र मध्यावधि निर्वाचनबारे सँगसँगै चर्चा हुन थालेको छ । निर्वाचनमा राजनीतिक दलहरुले प्राप्त गरेको नतिजा, नतिजापछि बन्ने राजनीतिक समीकरण र सरकार गठनमा दलहरूको भुमिकाका साथै त्यसपछि बन्ने सरकारको स्थायित्वसँग जोडेर मध्यावधि निर्वाचनबारे चर्चा हुन थालेको हो । यद्यपि यस्तो चर्चा चल्नु र चलाउनुमा आ-आफ्नै स्वार्थले समेत काम गरेको विश्लेषण हुन थालेको छ । चर्चा गर्न सहज बनाइदिएको छ ।
१६५ निर्वाचन क्षेत्रको नतिजा आइसके पनि कसले सरकार बनाउने भन्ने प्रष्ट हुन नसक्दा र भावी सरकार कस्तो र कसको नेतृत्वमा बन्छ अनि त्यो सरकारको भविष्य र स्थायित्व कति रहने ? भन्नेजस्ता प्रश्नहरू सँगसँगै जोडिएर आएका छन् । यिनै प्रश्नका कारण नयाँ सरकार नबन्दै मध्यावधि निर्वाचनको चर्चा हुन थालेको राजनीतिकशास्त्री समेत रहेका विश्लेषक प्राध्यापक लोकराज बराल बताउँछन् ।
‘नेपालका राजनीतिक दलहरूको कुनै भर छैन । विचार, सिद्धान्त र देशलाई भन्दा आफ्नो स्वार्थलाई केन्द्रमा राख्ने चलन रहिआएको छ । यो शैलीले गर्दा स्वाभाविक रुपमा नयाँ सरकार गठन नहुँदै मध्यावधि निर्वाचनको चर्चा चल्नु अनौठो होइन’, प्राध्यापक बरालको भनाइ छ ।
संविधानको धारा ७६ मा ‘उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ’, भनिएको छ ।
त्यो अवस्था आउनुअघि त्रिशंकु संसदमा सांसदहरु किनवेच र खरिदबिक्री बढ्ने तथा विश्वासको मत नदिने यसअघिको नजिरलाई समेत धेरै नेपालीले बिर्सन सकेका छैनन् । त्यसमाथि आफ्नो नेतृत्वमा सरकार बन्न नसक्ने भएपछि प्रमुख र ठूला भनिएका राजनीतिक दलहरू नै भित्री वा बाहिरी रुपमा त्यो खेलमा लागेर मुलुकलाई मध्यावधि निर्वाचनमा लैजाने प्रयास गर्नसक्नेछन् ।
बिष्लेशक बराल भन्छन मध्यावधि निर्वाचन गर्नुपर्ने अवस्था आउन सक्छ । नेपालको सन्दर्भमा दुई तिहाइ बहुमत ल्याउँदा पनि स्थिर सरकार बन्न नसकेका उदाहरण छन् । बहुमत हुँदा पनि भएन । नेपाली कांग्रेसको बहुमतको सरकार भएका बेला पनि गिरिजाप्रसाद कोइराला मध्यावधिमा हामफालेर गए । त्यस्तै मनमोहन अधिकारीका पालमा पनि सरकार टिकेन । केपी ओलीका पालामा झण्डै दुई तिहाइ बहुमतसहित सरकार बनाउँदा पनि टिकाएनन् । यी उदाहरणले नेपालमा के कुरालाई स्थायित्व भन्ने नै प्रस्ट भएन । हामीले कुनै दलको बहुमत आएपछि स्थायित्व हुन्छ भनेर बुझेको हो तर, बहुमत ल्याएर बनाएका सरकार पनि पुरा अवधि टिकेका छैनन्, मारामार भएका उदाहरण छन् । यहाँ कुनै नीति र सिद्धान्त भन्ने कुरै भएन ।
यदि नीति सिद्धानत देश र जनताका लागि हो भने साझा सवाललाई देशलाई अगाडि बढाउनुपर्छ भनेर दलहरु लागे भने राम्रो हुन्छ । किनभने यस्तै नतिजाबाट पनि मिलीजुली सरकार बनाएर अघि बढ्न सकिन्छ । किनभने भारतमा पनि मनमोहन र अटल विहारी वाजपेयीले पनि चलाएका थिए । त्यसैले यहाँ पनि मिलीजुली सरकार बनाउने संस्कार चलाउनुपर्छ । त्यस्तो संस्कार बसिनसकेको अवस्थामा अहिले नयाँ सरकार नबन्दै मध्यावधि निर्वाचनको चर्चा हुनु स्वाभाविक हो । किनभने पहिला पनि भएको छ र अहिले त दलहरुले नै अपरिपक्व व्यवहार देखाइरहेका छन् । हत्त न पत्त एमालेसँग पनि विकल्प खुला राखेको भनेर भन्छन् । एमाले नेताहरू पनि त्यही किसिमको अभिव्यक्ति दिन्छन् भने त आशंका हुने नै भयो ।