logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

फेरि फुट्दै उपेन्द्रकाे पार्टी जसपा !


  • राजनीति
  • मंगलबार, मंसिर २० २०७९

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईबीच सम्बन्ध चिसिएको छ । मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गरेको जसपाले अब सहकार्य अघि बढाउने कि तोड्ने भन्ने विषयले दुई नेताबीच दरार पैदा भएको छ । यादवले सोमबार विराटनगरबाट काठमाडौं आउने क्रममा एमालेसँगको सहकार्यको औचित्य समाप्त भएको अभिव्यक्ति दिएका थिए ।

यादवको अभिव्यक्तिले अब जसपा सरकार गठनमा सत्ता गठबन्धनसँग नजिकिएको रुपमा बुझिएको छ । यादव आँफै सप्तरीबाट चुनावमा पराजित भए । यादवको बुझाईमा एमाले–जसपा सहकार्यमा एमालेलाई नै बढि लाभ भएको छ । उनले आफूहरुको सहकार्य चुनावी प्रयोजनको लागि मात्रै भएकोले अब चुनाव सकिएपछि सहकार्यको औचित्य समाप्त भएको बताउन थालेका छन् ।

तर, वरिष्ठ नेता राई भने एमालेसँग नै मिलेर अघि बढ्नुपर्ने पक्षमा छन् । कतिपयले यादव र राईको विवादले जसपा नै विभाजन हुने त होईन ? भनेर प्रश्न उठाएका छन् । जसपामा अहिले निर्वाचित सांसदहरुमध्ये अधिकांश सांसद अध्यक्ष यादवसँग रुष्ट छन् । उनीहरुले वरिष्ठ नेता राईलाई नै साथ दिने बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार