logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चर्काे विवादका बिच बने रास्वपाबाट १३ समानुपातिक सांसद, हेर्नुस् नामसहित


  • राजनीति
  • शनिबार, मंसिर २४ २०७९

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आफ्ना १३ जना निर्वाचित सांसदको नाम टुँगो लगाएको छ। आज (शनिबार) बसेको पार्टीको बैठकले १३ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

समावेशिताको आधारमा चयन गरिएको नाममा दलित समुदायबाट सन्तोष परियार र शिव नेपाली, जनजाति समुदायबाट ढाकाकुमार श्रेष्ठ, इन्दिरा मगर र सुमना श्रेष्ठ, खसआर्यबाट चन्दा कार्की, डोल प्रसाद अर्याल, निशा डाँगी र बिनिता कठायतको नाम सिफारिस भएको छ ।

यस्तै, मधेसी समुदायबाट रश्मि तिवारी र मनिष झा, थारु समुदायबाट अशोक कुमार चौधरी सिफारिस भएका छन् । त्यस्तै, मुस्लिम समुदायबाट अषिम साहको नाम सिफारिस भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार