logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली तयार, मध्यरात दुत पठाए नेपाल निवास


  • राजनीति
  • आइतबार, मंसिर २५ २०७९

प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेत नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् । नेता बस्नेत भर्खरै नेपालको कोटेश्वरस्थित् निवासमा पुगेको उच्च स्रोतको दाबी छ । त्यसअघि बस्नेतले अब वामपन्थीहरुकै नेतृत्वमा सरकार बन्ने पनि दाबी गरेका थिए ।

आज राति ९ बजे प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले एमाले, माओवादी, नेकपा (एकीकृत समाजवादी) ले साना दललाई समेटेर नयाँ सरकार गठन गर्ने खुलासा गरेका हुन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरु तयार भएको पनि बताएका छन् । नेकपा विभाजनपछि नेता बस्नेतले पहिलोपटक आज माधव नेपालसँग भेटवार्ता गर्न लागेका हुन् । बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीको दूतको रुपमा नेपालसँग भेटवार्ताको लागि कोटेश्वर पुगेका हुन् ।

पछिल्लो समय वामपन्थीहरुकै नेतृत्वमा नयाँ सरकार गठनको लागि गृहकार्य भैरहेको छ । यसको लागि एमाले र माओवादीका दोस्रो तहका नेताहरुले पहल थालेका छन् । प्रचण्ड पनि कांग्रेस नेतृत्वमा रहने वा नरहने भन्नेबारे दोधारमा छन् । उनले पहिलो चरणमा सरकारको नेतृत्व गर्न पाए कांग्रेससँगको गठबन्धन कायम राख्ने र नेतृत्व गर्न नपाए गठबन्धन तोड्ने चर्चा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार