logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

फेरि फुट्याे एमाले, शाहले खाेले नयाँ पार्टी !


  • राजनीति
  • मंगलबार, मंसिर २७ २०७९

केही दिन अघि एमाले सचिवालयकाे बैठकबाट कार्वाही गरिएका प्रभु शाहले एमाले त्याग्दै रौतहट–३ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले छुट्टै दल खोल्ने तयारी गरेका छन् ।

उनको पार्टीको प्रस्तावित नाम आम जनता पार्टी छ । यद्यपि अरु नाममा पनि छलफल हुन सक्ने उनले बताए ।

साहले भने, ‘पहिला म स्वतन्त्रबाट चुनाव जितेर सांसद भएँ, अब आफ्नो छुट्टै दल खोल्ने तयारीमा छु ।’

पार्टीका लागि नाम एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भए पनि आम जनता पार्टी नाम हुन सक्ने सम्भावना उनले औंल्याए ।

तत्कालीन नेकपा (माओवादी)मा लागेका साह २०५५ सालमा भूमिगत भए । माओवादीभित्र उनी चाँडै नै केन्द्रीय कमिटी सदस्य भए । २०६३ को अन्तरिम संसदमा सदस्य रहे । देश संघीय प्रणालीमा गएपछि माओवादी केन्द्रले आफ्नो मधेश प्रदेश अध्यक्ष उनै साहलाई बनायो ।

उनी २०६४ र २०७० को दुवै संविधानसभामा रौतहट–३ बाट निर्वाचित भएका थिए । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा पनि रौतहट–३ बाटै जितेर चुनावी खेलमा ‘ह्याट्रिक’ गरे ।

२०६८ र २०६९ मा क्रमशः कानुनमन्त्री र भूमिसुधार मन्त्री बनेका साहले २०७३ मा शहरी विकास मन्त्रालयको नेतृत्व पाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार