logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

माओवादी इतरकाे सरकार बनाउने तयारीमा देउवा , खुमलटारमा खैलाबैला


  • राजनीति
  • बिहिबार, मंसिर २९ २०७९

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी इतरकाे सरकार बनाउन भित्री छलफल लाई व्यापक बनाएका छन् । पछिल्लो समय कामचलाउ सरकारका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चाैधरिलाइ छुटाउन ल्यायकाे अध्यादेश ले स साना दललाई आफ्नाे हातमा लिएर सरकार बनाउने तयारीकाे रुपमा हेरिएको छ ।

प्रधानमन्त्री देउवाले महन्थ ठाकुरकाे मधेशि दल राप्रपा सिके राउत नागरिक उनमुक्ति पार्टीका नेताहरुसंग गरेकाे तिव्र छलफलले माओवादीलाई बाहिर राखेर सरकार बनाउन खाेजे देखिन्छ । यता प्रधानमन्त्री देउवाले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनेगरि गृहकार्य गरेको कुरा बाहिर आएपछि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) मा तरंग पैदा भएको छ ।

प्रधानमन्त्री देउवाले पूर्व प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी वा सो सरहका व्यक्तिलाई राष्ट्रपति बनाउनेगरि गृहकार्य गरेको कुरा बाहिर आएपछि माओवादी केन्द्रका नेताहरु सशंकित बनेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री देउवाले माओवादी केन्द्रलाई बाहिरै राखेर सरकार बनाउनेगरि गृहकार्य गरेको चर्चा छ । रेशम चौधरी संलग्न रहेको दल नागरिक उन्मुक्ति पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीलाई उनले प्राथमिकतामा राखेका छन् ।

बरु, राप्रपालाई सरकारमा सहभागी गराउने तर माओवादीलाई सहभागी नगराउने बालुवाटारको तयारी छ । माओवादीले भने गैरराजनीतिक व्यक्तित्वलाई राष्ट्रपति बनाउन नहुने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय माओवादी केन्द्रका नेताहरुले एमालेसँगको सहकार्यको लागि भेटवार्ता बढाएपछि देउवा सशंकित थिए । चुनावमा गठबन्धन गरेकाे माओवादीले कांग्रेसलाई भाेट दिएपनि कांग्रेसका भाेट माओवादी नआएको शाे पार्टीको निश्कर्ष थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार