राजनीति
केही बेर अगाडि निर्वाचन आयाेगले निर्वाचनकाे मत परिणाम राष्ट्रपति विद्या देवि भण्डारीलाई बुझाएपछि नयाँ सरकार बनाउन बाटो खुलेकाे छ । नयाँ सरकाकाे नेतृत्व कस्ले गर्छ भन्नेबारे कुनै टुंगो छैन । हिजो मात्रै पाेखरा पुगेका माओवादी अध्यक्ष प्रचण्डले आफू छिट्टै देशकाे नेतृत्व गर्ने दावी गरेका थिए ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले प्रधानमन्त्री नछाेड्ने संकेत गरिसकेका छन् उसाे त कांग्रेस भित्रै प्रधानमन्त्री का आकांक्षी धेरै छन् केहिदिन अघि बरिस्ठ नृता रामचन्द्र पाैडेलले प्रधानमन्त्री मा आफुलाइ सहयोग गर्न भन्दै देउवालाई अनुराेध गरेका थिए भने युवा नृता गगन थापा संसदीय दलकाे नेता बनेर प्रधानमन्त्री हत्याउने दाउमा छन् । यता गठबन्धनको अर्काे घटक एकीकृत समाजवादीका नेता माधव नेपाल पनि याे ५ बर्षमा एकपटक प्रधानमन्त्री हुने आसय राखिरहदा राष्ट्रपति काे बन्ला भन्ने धेरै चासाे काे बिषय छ ।
आज मात्रै सत्तारूढ दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनेगरि गृहकार्य गरेको कुरा बाहिर आएपछि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) मा तरंग पैदा भएको छ । गठबन्धनका दलहरु प्याकेजमै सहमति गर्न चाहान्छन् ।
अहिले भने राष्टपतीका लागि कांग्रेसले रामचन्द्र पाैडेल, खिलराज रेग्मी माओवादीमा डाक्टर बाबुराम भट्टराई र अहिले का उपराष्ट्रपति नन्दकिशोर पुन समाजवादी का माधव नेपाल र झलनाथ खनालको नाम चर्चामा भएपनि प्रधानमन्त्री देउवाले एकाएक पूर्व प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी वा सो सरहका व्यक्तिलाई राष्ट्रपति बनाउनेगरि गृहकार्य गरेको कुरा बाहिर आएपछि माओवादी केन्द्रका नेताहरु सशंकित बनेका छन् ।
पछिल्लो समय प्रधानमन्त्री देउवाले माओवादी केन्द्रलाई बाहिरै राखेर सरकार बनाउनेगरि गृहकार्य गरेको चर्चा छ । रेशम चौधरी संलग्न रहेको दल नागरिक उन्मुक्ति पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीलाई उनले प्राथमिकतामा राखेका छन् ।
बरु, राप्रपालाई सरकारमा सहभागी गराउने तर माओवादीलाई सहभागी नगराउने बालुवाटारको तयारी छ । माओवादीले भने गैरराजनीतिक व्यक्तित्वलाई राष्ट्रपति बनाउन नहुने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय माओवादी केन्द्रका नेताहरुले एमालेसँगको सहकार्यको लागि भेटवार्ता बढाएपछि देउवा सशंकित थिए ।