logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

निर्णायक वार्तामा नेपाल र खनाल सहभागी


  • राजनीति
  • आइतबार, पुष १० २०७९

राष्ट्रपतिले दिएकाे समयसिमा सकिन केही घण्टा बाकि रहदा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनमा सहमति जुट्न पेचिलो भइरहेका बेला अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भइरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एसका सम्मानित नेथा झलनाथ खनाल बालुवाटार पुगेका छन् । तीन नेताबीच छलफलका आधारमा सहमति जुटाउन प्रयास हुने बताइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आइतबार साँझ ५ बजे सकिँदैछ । तर, गठबन्धनमा माओवादी केन्द्र र कांग्रेस दुबैले प्रधानमन्त्रीमा दाबी नछाड्दा सहमति जुट्न सकस भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार