logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बालुवाटार बैठकमा नयाँ प्रस्ताव, देउवा हस्ताक्षर लिएर सितलनिवास जाँदै !


  • राजनीति
  • आइतबार, पुष १० २०७९

सत्ता गठबन्धनको बालुवाटारमा जारी बैठकमा प्रमुख तीन घटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच राष्ट्रपति, प्रधानमन्त्री र सभामुख प्रमुख तीन पद मिलेर एक एक वटा लिनुपर्ने प्रस्ताव अघि सारिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बैठकमा यस्तो प्रस्ताव राखेका हुन् । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भने दाहाल र नेपालको प्रस्तावमा सहमति जनाएका छैनन् । अहिले बैठक जारी छ। प्रचण्डले तीन दलले प्रमुख तीन पद मिलेर नलिने भए गठबन्धन तोड्ने प्रष्ट जवाफ दिएका छन् ।

यसैबीच देउवाले गठबन्धन टुट्ने संकेत दिदै बालुवाटारमा आफ्ना दलका सांसदहरुलाई बोलाएका छन् । उनले प्रधानमन्त्रीमा दाबी गर्नको लागि सांसदहरुको हस्ताक्षर संकलन गर्ने तयारी गरेका छन् । उनी कांग्रेस तथा केही साना दल काे हस्ताक्षर लिएको सितलनिवास पुग्ने स्राेतकाे दावी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार