logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बालकाेटमा राजेन्द्र पछि रवीकाे इन्ट्री


  • राजनीति
  • आइतबार, पुष १० २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक भेट तीव्र भएको छ। राष्ट्रपतिले सरकार गठन गर्न दिएको समय आज साँझ पाँच बजे सकिने भएकाले सत्ता समीकरण मिलाउने दौडधुपमा नेता जुटेका छन्।

सत्ता समीकरण र भावी राजनीतिक समीकरणका विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले एमाले अध्यक्ष ओलीलाई बालकोटमा भेटेका छन्। दुई नेताबीच अब बन्ने सरकार र राष्ट्रपतिले दिएको समयसीमा घर्किन लाग्दा पनि सहमति नभएको विषयमा कुराकानी भएको थियो।

बालकोटबाट लिङदेन बाहिरिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन्। लामिछानेले पनि सत्ता समीकरण र सरकार गठनकै विषयमा छलफल गर्ने छन्।

यता बालुवाटारको सत्ता गठबन्धनको बैठकबाटै नेकपा माओवादी अध्यक्ष प्रचण्ड हिँडेपछि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डले गठबन्धन तोडेको र आफूहरूको हातमा केही नभएको बताएका थिए। सत्ता गठबन्धन तोडिएसँगै सत्ता समीकरणको बहस अब बालकोट माेडिएकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार