राजनीति
सत्ता गठबन्धन टुटेपछि नेकपा एकीकृत समाजवादी पार्टी काे बाटो अनिश्चित देखिएको छ । एमाले–माओवादीसहितको नयाँ सरकार गठन प्रक्रियामा सहभागी नभएको एकीकृत समाजवादी आगामी भबिस्य अलपत्र परेकाे छ ।
राष्ट्रिय पार्टीको हैसियत नपाएको नेकपा एस तत्कालीन नेकपाकाे बिभाजनसंगै एमालेसंग बिभाजन भएर अलग पार्टी बनाएको थियाे । एमालेसंगबपभाजन हुदा तत्कालीन एमालेबाट एमालेबाट अलग भएका नेताहरुले माधवकुमार नेपालको नेतृत्वमा गठन गरेको पार्टी नेकपा (एकीकृत समाजवादी)ले २०७८ भदाै ९ गते राजनीतिक दलको मान्यता पाएको थियोे । निर्वाचन आयोगले सो दललाई दर्ता प्रमाणपत्र प्रदान गरेको थियाे ।
आयोगले बुधवार नै नेताहरुको सनाखत गरेको थियो । नवगठित दलको पक्षमा ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय संसदका सदस्यले सनाखत गरेका थिए । तर ५ दलिय गठबन्धनबाट संयुङचुनाव लडेकाे एसले २९ सिटबाट १० सिटमा झरेकाे थियाे ।
अकस्मात् राजनीतिक घटनाक्रम फेरिएपछि पार्टीको केन्द्रीय सचिवालयको बैठकमा समग्र अवस्थाबारे छलफल भएको थियो । बैठकले परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरी ध्यानमा राखेर अगाडि बढ्ने निर्णय भएको महासचिव डा बेदुराम भुसालले जानकारी दिए ।
एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा १० सिट जितेको छ भने थ्रेस होल्ड नकटाउँदा राष्ट्रिय पार्टी बनेको छैन । माओवादीसँगै समाजवादी एमालेसँग सहकार्य गर्न तयार नहुँदा एक्लिएको हो ।