राजनीति
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम प्रधानमन्त्रीको सपथसँगै केही मन्त्रीहरूको पनि सपथ गर्ने गरी सत्ता गठबन्धनको बैठकमा छलफल जारी रहेको बताएका छन् ।
नयाँ बानेश्वरस्थित बैठकस्थलबाट बाहिरिने क्रममा डा.भट्टराईले छलफल जारी रहेकाले केहीबेरमै टुंगो लाग्ने बताए ।
प्रधानमन्त्रीले आज सपथ ग्रहण गर्नुहुन्छ, । सत्ता गठबन्धनमा रहेका दलहरूबाट अहिले एकएक जना मन्त्री पढाउने कि बढी पठाउने भन्ने छलफल भइरहेको छ । छलफल राम्रो ढंगले भइरहेको छ’, भट्टराईको भनाइ छ ।