logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रचण्ड छाेडेकी ज्वाला एमालेबाट उनकै मन्त्रीमण्डलकाे सदस्य !


  • राजनीति
  • सोमबार, पुष ११ २०७९

नेकपा माओवादी केन्द्र छाडेको २२ महिनापछि ज्वालाकुमारी साह माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारमा मन्त्री बनेकी छिन्।

यसपटक बाराको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी साहलाई एमालेले मन्त्री बनाएको हो। उनी एमाले पोलिटब्युरो सदस्य हुन्।

उनी दोस्रोपटक संघीय सरकारमा मन्त्री बनेकी हुन्। यसअघि २७ जेठ ०७८ मा एमाले अध्यक्ष केपी ओलीले उनलाई कृषिमन्त्री बनाएका थिए।

उनी ०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा बारा ३ (क) बाट प्रदेश २ को प्रदेश सभामा निर्वाचित भएकी थिइन्। तर, २३ फागुन ०७७ मा सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र पुनर्स्थापना गरेपछि उनले एमाले रोजेकी थिइन्।

माओवादी छाडेकाले त्यसवेला उनको प्रदेश सभा सदस्य गएको थियो। तर, २७ जेठमा ओलीले उनलाई संघीय सरकारमा कृषिमन्त्री बनाएका थिए। साह तत्कालीन नेकपामा हुँदा पार्टीकी बारा सह–इन्चार्ज थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार