logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

युवा -बिधार्थीको विशेष केन्द्रीय स्कुलिङ्ग हुँदै


  • राजनीति
  • मंगलबार, पुष १२ २०७९

नेकपा (बहुमत) केन्द्रीय स्कुलिङ्ग तथा अनुशन्धान बिभागले आफ्नो पार्टी निकट युवा-बिधार्थी विशेष केन्द्रीय स्कुलिङ्गको प्रारम्भ गरेको छ । ३ दिन सम्म चल्ने स्कुलिङ्गको उद्धघाटन नेकपा बहुमतका प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले गरेका थिए ।
नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका दार्शनिक समस्या र अपुगतालाइ मध्यनजर गर्दै यस स्कुलिङ्ग आयोजना गरिएको आयोजकले जानाकारी दिएको छ ।
कार्यक्रममा नेकपा बहुमतका कार्यलय सदस्य दिपक,प्रबिर सचिवालय सदस्य समरजङ्ग केन्द्रीय सदस्य एजन, युगान्त, राजन र मिलनको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम युवा सगठनका अध्यक्ष हरिष भट्ट, स्वागत अखिल क्रान्तिकारीका उपाध्यक्ष बिरेन्द्र शाहले गरेका थिए भने सन्चालन अखिल क्रान्तिकारीका महासचिव रुपा बुढा मगरले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार