राजनीति
कम्युनिस्ट पार्टीका प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्न ज्याेतिष हेराएका छन् । उनी आजै बालुवाटार सर्दैछन् ।
प्रधानमन्त्री दाहालको सचिवालयले भने बालुवाटार प्रवेश गर्नुअघि ज्योतिषीसँग साईत जुराएको कुरा बाहिर आएको छ ।
दाहालको सचिवालयले ज्योतिषी टीकाराम घिमिरेसँग साइत मागेको हो । उनले आज साँझ ५ बजेको साइत जुराईदिएका छन् ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनै ज्योतिष घिमिरेसँग हेराएर बालुवाटार प्रवेश गरेका थिए ।
अहिले दाहालले देउवाको पथ पछ्याएको चर्चा छ ।