logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अखिल (क्रान्तिकारी )को यस्तो चेतावनी प्रहरी हेरेको हेरेयै (भिडियो सहित)


  • राजनीति
  • मंगलबार, असोज १६ २०७५

बिद्यार्थी आन्दोलनको केन्द्रिय भुमिका  सुस्ताएको  र अपुग भएको गुनासो भैरहेको बेला विप्लव नेतृत्वको नेकपाको बिद्यार्थी मोर्चा अखिल(क्रान्तिकारी) क्याम्पस जिल्ला समितीले महँगी विरुद्ध र्‍याली निकालेर बिद्यार्थी आन्दोलनको नाक जोगाइदिएको छ ।

शैक्षिक व्यापारिकरण,बढ्दो महँगी, भ्रष्टाचार र निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा सरकार उदासीन बनेकाे भन्दै अाइतबार विहान उसले विरोध र्‍याली निकालेकाे हाे।

त्रिचन्द्र क्याम्पसबाट सुरु भएकाे विराेभ र्‍याली कमलादी, पुतलिसडक पद्मोदय मोड हुँदै प्रदर्शनी मार्गमा पुगेर कोणसभामा परिणत भएको थियो।
उनीहरुले ‘सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ, सरकार किन झुक्दैछ, बलात्कारी किन लुक्दैछ, गृहमन्त्री के हेर्दै, बलात्कारीले देश घेर्दै, निर्मलाई देऊ न्याय, नागरिकमाथि भयो अन्याय’ भन्दै नारा लगाएका थिए ।

कोणसभालाइ सम्बोधन गर्दै क्याम्पस जिल्लाका इन्चार्ज एवं अखिल(क्रान्तिकारी) का केन्द्रीय सदस्य ललित बिकले ओली सरकारले दशैँको मुखैमा गाडीभाडा बढाएर जनतालाई शोषण गरेको आरोप लगाए ।

कार्यक्रममा जिल्लाका अध्यक्ष उषाकिरणले सरकारी बन्दुक सग बिद्यार्थी आन्दोलन नझुक्ने भन्दै जनबिरोधी हर्कत बन्द गर्न चेतावनी दिएकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार