logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

डिएसपी लाइ डेढ लाख घुस सहित गिरफ्तार


  • राजनीति
  • आइतबार, असोज २१ २०७५

काठमाडौ महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम कुमार राईलाई अख्तियारले पक्राउ गरेको छ ।

शनिवार अख्तियारबाट खटिएको टोलीले राईलाई घुससहित राईलाई नियन्त्रणमा लिईएको अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले  जानकारी दिए ।

महानगरीय प्रहरी वृतस्थित डिएसपीको कार्यकक्षबाट उनी पक्राउ परेको बताईएको छ । आयोगबाट खटिएको टोलीले अहिले मुचुल्का गरिरहेको छ ।

आयोगले राईले घुस बापत लिँदै गरेको १ लाख ४० हजार नगद बरामद गरेको छ ।

‘नगद १ लाख ४० हजार घुस लिँदै गर्दा डिएसपी राईलाई नियन्त्रणमा लिएका हौं’ अख्तियार प्रवक्ता दंगालले भने, ‘स्थानिय ब्यवसायीहरुसँग घुस लिएको भन्ने खुलेको छ, अब थप अनुसन्धान गर्छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार