logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मन्त्री फेर्दै ओली ! गृहमन्त्री देखी आइजिपी समेत हेरफेर हुने संकेत


  • राजनीति
  • आइतबार, असोज २१ २०७५

सत्तारुढ दल (नेपाल कम्युनिष्ट पार्टी)का उच्च तहका नेताहरु दाैडधुपमा ब्यस्त छन् । हिजो दिनभर सार्वजनिक भाषणबाजी गरेर घरको आगनमा पुगेका उच्चतहका नेताहरु एकाएक बालुवाटार देखि प्रचण्ड निवाससम्म गाडीका साइरन बजाउदै पुग्दा नेकपामा केहि अशुभ हुने संकेत देखा परेको स्रोतले जनाएको छ ।

अहिले सरकारका मन्त्रीहरुको व्यापक आलोचना भइ रहेको छ भने प्रधानमन्त्री केपी शर्माआेलीले मन्त्रीहरुको कामकाज हेर्न भन्दै मार्कसिट नै बनाएर प्रदर्शन गर्दै आएका छन । तर, आफै भने सिन्को भाँच्न नसकेका कारण आफ्नै पार्टीका नेताहरुबाट आलोचनाको सिकार बनिरहेका छन् ।

आखिर आज रातारात किन चल्यो त नेताहरुको दाैडधुप ? यो भने अचम्मको तथ्य फेला परेको छ । एक उच्च नेताका अनुसार प्रधानमन्त्री आेलीले फूर्वमाैवादी पृष्ठभुमि भएका मन्त्रीहरुलाई सरकारबाट फिर्ता भएर अन्यलाई काममा आउन सहज वातावरणको सिर्जना गरिदिन दिएको निर्देशन नेताका कानमा फुक्न चहलपहल बढेको स्रोतको दावी छ ।

एकता प्रक्रिया टूगोमा लागि सकेको छैन । देशमा विभिन्न आन्दोलनका उभार ल्याउने भन्दै विपक्षी लगायत आफ्नै पार्टीका नेताहरु समेत वेलाबखतमा उफ्रिरहेका बेला आेलीले निराशाजनक अवस्था आएको भन्दै प्रचण्डलाई यसको हल खोजिदिन आग्रह गरेको स्रोतको दावी छ ।

भोली हुने भनिएको नेकपाको सचिवालय बैठकमा केहि मन्त्रीहरुलाई फिर्ता बोलाउने भन्दै आेलीले चालेको गोप्य कदमका केहि सुचना लिक भएपछि यसरी भागदाैड सुरु भएको स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार