logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बम दिदिबहिनीको बयान : अम्बाको रुख काट्नु र घरमा रंग लगाउनुको खास कारण यस्तो रहेछ


  • राजनीति
  • सोमबार, असोज २२ २०७५

कंचनपुरकी निर्मला पन्त हत्या प्रकरणका आरोपी बम दिदीबहिनीको घरमा हत्या भएको केही दिनपछि खुबै परिवर्तन गराएको विषयले स्थानीयले हत्या त्यही भएको हो की भन्ने आशंका गरेका थिए । निर्मलाको हत्यापछि घरमा रातारात रंग लगाइए, नजिकैको अम्बाको बोट काटिदिएको विषयले स्थानीयले शंकाको विषय बनाएका थिए । तर छानविन समितिले उक्त विषयलाई नकारेको छ ।

पन्त परिवारको छिमेकी बमको घरमा नयाँ रंग लगाइएको भन्ने व्यापक चर्चामा आएको भए पनि घरभित्र गएर हेर्दा त्यस्तो नपाइएको समितिले प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै अम्बाको बोट काटिएको प्रकरणमा ‘अल्लारे केटाहरु चढेर खाने, होहल्ला गर्ने र छोरीहरुले पनि मन नपराउने हुँदा काटेको’ भन्ने व्यहोराको बयान बम दिदीबहिनीका बाबु दीपेन्द्र बहादुरले दिएका छन् ।

साउन १७ मा अम्बाको सो रुख काटेको बताएका छन् । बम दिदिबहिनीका बाबु दीपेन्द्र बहादुर बम शिक्षक र आमा इन्द्रादेवी बम वडासचिव हुन् । उनीहरुको वयन यस्तो छ । बम दिदिबहिनीले एसपी डिल्लीराज बिष्ट र उनका छोरा नचिन्ने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार