राजनीति
प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचारमा सहभागी भएका छन् । उनी कमांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्कित राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद् साह विशिष्ट अतिथिका रुपमा उपस्थित भएका थिए । उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मेको आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद् उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको छ ।
समाचार अनुसार, कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद् गदम्बिका पाल तथा सांसद् साह विशिष्ट अतिथि थिए । सांसद् साहले कार्यक्रममा सहभागी भएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनको चर्को विरोध भएको समाचारमा उल्लेख छ ।
नयाँ पत्रीका