राजनीति
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिइरहेका छन्।
संघीय संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटौं बैठकमा उनले सांसदहरुका प्रश्नको जवाफ दिएका हुन्।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरूले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ ।
साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।