logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कर्णालीमा डुंगा दुर्घटना दुई जना बेपत्ता


  • राजनीति
  • सोमबार, असोज २९ २०७५

कैलालीको चिसापानीमा सोमबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ ।

तर, खोजी तथा उद्दारका लागि गएको प्रहरी टोली भने रात परेको भन्दै फर्किएको छ । राति उद्दार गर्नका लागि आवश्यक उपकरण अभाव हुँदा प्रहरी टोली फर्किएको हो ।

इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक दिपेन्द्र केसीले घटना स्थलमा ‘नर्मल ड्यूटी’ टोली रहेको बताउँछन् ।

‘अहिले पनि एउटा टोली त त्यहाँ छ । तर, राति उद्दार सम्भव भएन’ उनले भने, ‘उनीहरुलाई स्थानीयले लाइफ ज्याकेट दिएका छन् । केही परे उनीहरु खटिन्छन् ।’

स्थानीय प्रहरीले सशस्त्र प्रहरी र सेनाको टोलीलाई खबर गरे पनि अझैसम्म घटनास्थलमा पुगेका छैनन् ।

स्रोतका अनुसार सशस्त्रको टोलीले मगलवार बिहान मात्रै घटनास्थलमा उपस्थित हुन सक्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार