logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रधानमन्त्रीलाई कालोझन्डा देखाउन पुगेका डेढदर्जन नेताहरू गिरफ्तार


  • राजनीति
  • शनिबार, जेष्ठ २० २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाउन पुगेका क्रान्तिकारी कम्युनिस्ट पार्टी, केन्द्रिय नेताहरु सहित अखिल (क्रान्तिकारी) अध्यक्षद्धय मिलन राई र हरिकृष्ण गजुरेल लगायतका नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

गिरफ्तार पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य केबि मल्ल, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राई, हरिकृष्ण गजुरेल, उपाध्यक्ष बिरेन्द्र शाह, महासचिव पेशल दाहाल, रुपा बुढा मगर सचिवहरु उषाकिरण आजात र नेत्र शाही युवा जनस्वयमसेवक नेपालका महासचिव झलक विक, कोषाध्यक्ष कविता कार्की, विद्यार्थी संगठनका केन्द्रीय कार्यालय सदस्यहरु रमेश सुनार , डिबि शाही, गोबिन्द बिष्ट, निराजन किराँती, केन्द्रीय सचिवालय सदस्य सपना पुन, केन्द्रीय सदस्य नवराज विक, सयन्द्र राईलाई, बादल मगर सहित डेढ दर्जन लाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

प्रचण्ड सरकारले भारत भ्रमणकोको क्रममा विभिन्न देशको हित विपरीतका सन्धिसम्झौताहरु गरेको भन्दैं प्रधानमन्त्री लाई अन्तराष्ट्रिय विमानस्थलमै उनिहरुको कालोझण्डा देखाउन पुगेका थिए ।

४ दिने भारत भ्रमण सकी प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किएकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार