राजनीति
बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर भुकम्प गएको छ ।
राष्ट्रिय भुकम्प मापन केन्द्र लैनचौरका अनुसार सोमबार बिहान ७:३८ बजे बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भुकम्प गएको हो ।
यस अघिपनि विछिया केन्द्रविन्दु भएर पटक-पटक भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी रहेको जनाइएको छ ।