logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

विद्यालयको चर्पी निर्माणमा भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्दा दर्ता


  • राजनीति
  • सोमबार, जेष्ठ २९ २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको चर्पी निर्माणमा भ्रष्टाचार गरेको भन्दै प्रधानाध्यापकविरुद्ध मुद्दा दर्ता गरेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालीका- ६ मा रहेको कैलाश टेत्सुओ विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पौडेलविरुद्ध आयोगले मुद्दा दर्ता गएको हो ।

आर्थिक वर्ष २०६७/६८ मा विद्यालयको चर्पी निर्माण कार्यका लागि निकासा भएको रकम हिनामिना भएको भन्दै आइतबार आयोगले पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा हालेको हो।

प्रधानाध्यापकको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको आयोगको ठहर छ। ऐनमा उल्लेख भएबमोजिम ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड ‘घ’ बमोजिम बिगो ३ लाख १२ हजार कायम गरी कैद र बिगोबमोजिम जरिवाना गराउन आयोगले माग गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार