राजनीति
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाने भएका छ्न ।
देउवा पेटसम्बन्धि रोगको नियमित फलोअपका लागि आज राति ११ बजे सिंगापुर एयरलाइन्सको जहाज मार्फत सिंगापुरतर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
देउवा २/२ वर्षमा फलोअपमा जानुपर्नेमा यसपटक ३ वर्षमा जान लागेका र उनको साथमा पत्नि आरजु राणा देउवासहित जाने सचिवालयको भनाई रहेको छ ।
देउवा करिब एकसाता पछि स्वदेश फर्किने जनाइएको छ ।