राजनीति
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” र पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई विरुद्ध दर्ता भएको रिटको सुनुवाइ आज हुदैछ ।
बाल सेना दुरुपयोग लगाएतका आरोप लगाउदै पुर्व बाल सेना लेनिन बिष्टलगायतले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्धको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।