राजनीति
नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन ।
पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ उपचारका लागी सिंगापुर गएकाले उनको अनुपस्थितमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।
सभापति देउवाले आफु स्वदेश नफर्किउनजेल सम्मको लागि पार्टीको विधान बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।