राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते काठमाडौँमा विशाल जनसभा गर्ने भएको छ । मंसिर ८ गते तत्कालीन माओवादीले जनमुक्ति सेना स्थापना गरेको शन्दर्भ अर्थात जनमुक्ति सेना दिवसको दिन हो ।
उक्त्त दिनलाइ नै छनौट गरिनुलाइ महत्त्वपुर्ण राजनीति अर्थका रुपमा हेरिएको छ । कतिपय बिश्लेषकले मंसिर ८ को कार्यक्रम पछि नेकपा भुमिगत हुने र लडाइको घोषणा गर्न सक्ने अनुमान समेत गरेका छन ।
एक लाख जनताकाे सहभागितमा नेकपाले शान्तिपूर्ण विशाल जनसभा गर्न लागेकाे हाे ।
साे जनसभालार्इ नेकपाका नेताहरूले संवाेधन गर्नेछन् । पार्टीले राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविका र सरकारको वार्ता-चर्चाबारे पार्टी नीति सार्वजनिक गर्न उक्त सभा गर्न लागिएको नेकपा स्राेतले जनाएको छ ।
‘हामीहरू शान्तिपूर्ण जनसभाबाट देशकाे राजनीतिक निकासबारे पार्टीकाे धारणा प्रस्तुत गर्नेछाैं’, नेकपाका एक नेताले भने, ‘दलाल संसदीय व्यवस्थाकाे भण्डाफाेर गर्न पनि हामी याे विशाल जनसभा गर्दैछाैं ।’
साे विशाल जनसभाका लागि नेकपाले साे जनसभामा सहभागी भइदिन सम्पूर्ण न्यायप्रेमी जनतामा विशेष अनुराेध गरेकाे छ ।