logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

कारागार चलान भएसंगै टोपबहादुरको सांसद पद निलम्बन


  • राजनीति
  • शुक्रबार, असार १ २०८०

नक्कली भुटानी शरणार्थी प्रकरण पूर्पक्षका लागि कारागार पाठाउने आदेश दिएसंगै सांसद टोपबहादुर रायमाझीको सांसदपद निलम्बन भएको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपाने इजलासले यस प्रकरणमा पक्राउ परेका १८ मध्ये १६ जनाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो । यो आदेश संगै एमालेका प्रतिनिधि सभा सांसद समेत रहेका रायमाझीको सांसद पद निलम्बन भएको हो ।

प्रतिनिधि सभा नियमावलीको नियम २४८ अनुसार प्रचलित कानून बमोजिम ३ वर्ष वा सो भन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने अभोयोग दर्ता भई निज पूर्पक्षका लागि थुनामा रहेमा त्यस्तो थुनामा रहेको अवधि भर वा थुनाम नगई फरार रहेको अवस्थामा निजलाई कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त नहुने व्यवस्था रहेको छ ।

अभियोग पुष्टि नभएको खण्डमा त्यसको जानकारी संसदलाई गराउनु पर्ने हुन्छ । त्यसपछि सभामुखले निलम्बन फुकुवाको सूचना संसदलाई गराउने र निलम्बन फुकुवा हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार