logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

रौतहटमा करेन्ट लागेर २ जनाको मृत्यु


  • राजनीति
  • शनिबार, असार २ २०८०

रौतहटमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बौधिमाई नगरपालिका– ५ कोपवामा पानी तान्ने मोटरमा विद्युत जडान गर्ने क्रममा शनिवार करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।

स्थानीय अरुण साहले आफ्नै घरको आगनमा रहेको ट्युबवेलबाट विद्युतीय मोटर संचालन गर्न खोज्दा उनलाई करेन्ट लागेको थियो । उनलाई करेन्ट लागेको देखेपछि बचाउन जाने क्रममा सँगै रहेका सितावी पण्डितलाई पनि करेन्ट लागेको हो । गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि गौर अस्पतालमा ल्याइएको थियो ।

उपचारकै क्रममा दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए । उपचारका क्रममा मृत्यु भएका दुवै जनाको शव पोष्टमार्टम पश्चात परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार