logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

खोलामा डुबेर एक किशोरको मृत्यु


  • राजनीति
  • शनिबार, असार २ २०८०

पाल्पामा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ।

तिनाउ गाउँपालिका– ३ सिद्धबाबास्थित तिनाउ खोलाको ड्याममा डुबेर एक किशोरको मृत्यु भएको हो । मृतक गुल्मी सत्यवती गाउँपालिका– ७ घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका– ३ ड्राइभरटोलस्थित कोठा भाडामा बसेर अध्ययनरत १८ वर्षीय अभिषेक परियार हुन ।

शनिबार मध्यान्ह तिनाउ खोलामा पौडी खेल्नेक्रममा उनी अचानक डुबेर बेपत्ता भएका थिए। घटनामा खटिएको प्रहरीको टोलीले उनलाई साढे १ बजे अचेत अवस्थामा फेला पारेको थियो। उद्धार गरी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि पठाइएको थियो।

अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार